एक जनाको खोलाले बगाएर मृत्यु
प्रकाशित मिति: शुक्रबार, भाद्र ०६, २०८२ | १६:३१:१३
चितवन, ०६ भदौ । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको मृत्यु भएको हो । बुधबार रातिदेखि परिवारको सम्पर्कमा नरहेका कुमाल आज बिहान इस्मा–२ छल्दी खोला किनारमा मृत फेला परेका थिए । स्थानीय माछा मार्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी पाएपछि हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट खटिएको टोलीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि तम्घास पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ०६, २०८२ |
१६:३१:१३
4335




















