दयाहाङ अभिनित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक
प्रकाशित मिति: सोमबार, भाद्र ०९, २०८२ | १४:४५:४९
खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक
खिलबहादुर गुरुङ निर्देशित फिल्म “रिमै’”को ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको छ। करिब तीन मिनेट लामो यस ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको द्वन्द्वसँग जुधिरहेका छन्। रिश्मा गुरुङसँगको उनको रसायनले भावनात्मक प्रभाव थपेको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई रोचक बनाएको छ।
फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय समावेश छ।
प्रकाशित मिति : सोमबार, भाद्र ०९, २०८२ |
१४:४५:४९
3235
























