बस र स्कुटरको ठोक्कापछि भएको दुर्घटनामा २ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, भाद्र १३, २०८२ | ११:५१:०१
चितवन, १३ भाद्र । काठमाडौँको जडिबुटीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३, २०८२ |
११:५१:०१
3609




















