त्रिवि छठपर्वपछि मात्र पठनपाठन सुरु गर्ने निर्णय
प्रकाशित मिति: बिहिबार, भाद्र २६, २०८२ | ११:५२:४७
चितवन,२६ भाद्र । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक ११ गतेपछि मात्र पठनपाठन सुरु हुने जनाएको छ। असामान्य परिस्थितिका कारण अहिले तत्काल कक्षा सञ्चालन गर्न समस्या भएकाले विश्वविद्यालयले यस निर्णयमा पुगेको हो।
विश्वविद्यालयको जारी सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदा कटौती गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको छ।”
प्रकाशित मिति : बिहिबार, भाद्र २६, २०८२ |
११:५२:४७
3345


















