प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
प्रकाशित मिति: आइतबार, आश्विन ०५, २०८२ | १५:२३:४१
चितवन, ०५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
बुँदाहरू
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
प्रदेश खारेजी
संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द
भ्रष्टाचारीलाई कडा कारबाही
राष्ट्रिय एकता कायम
यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ । उनले युवाहरूलाई यी एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन् ।
प्रकाशित मिति : आइतबार, आश्विन ०५, २०८२ |
१५:२३:४१
3939



















