बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
प्रकाशित मिति: बुधबार, आश्विन ०८, २०८२ | १९:२७:१८
चितवन, ०८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । आज काठमाडौँमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।
साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बताइएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन ०८, २०८२ |
१९:२७:१८
5259


















