सुनको मूल्य नयाँ रेकर्डमा, प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुग्यो
प्रकाशित मिति: बुधबार, आश्विन २२, २०८२ | ११:२१:२९
चितवन, २२ असोज । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बुधवार प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेसँगै सुन हालसम्मकै सबैभन्दा महँगो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ। यसअघि मंगलबार तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला दुई हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
प्रकाशित मिति : बुधबार, आश्विन २२, २०८२ |
११:२१:२९
3521
























