निर्वाचन आयोग आज दलहरूसँग छलफल, प्रतिनिधि सभा निर्वाचनमा सक्रिय भाग लिन आह्वान
प्रकाशित मिति: बिहिबार, आश्विन ३०, २०८२ | १०:०१:०३
चितवन, ३० असोज । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।
आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा भाग लिन आह्वान गर्दै राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।
छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई आयोगको कार्यालयमा बोलाइएको छ । तर नेकपा एमालेसहितका नेपाली कांग्रेसले संसद्को पुनः स्थापना गर्नुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, आश्विन ३०, २०८२ |
१०:०१:०३
4731



















