मोटरसाइकल दुर्घटनामा परि खैरहनीमा एकजनाको मृत्यु
प्रकाशित मिति: बुधबार, कार्तिक ०५, २०८२ | ८:४३:४९
चितवन , ५ कार्तिक । खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ जनजिवन टोल स्थित भित्री सडकमा बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल गएराती करिव सवा १२ बजे आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोरखा घर भई हाल खैरहनी ४ कंकाली स्थित मामाघर बस्दै आएका २६ वर्षिय राजकुमार बरामको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए । दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेको उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ०५, २०८२ |
८:४३:४९
815