मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
  प्रकाशित मिति:  आइतबार, कार्तिक ०९, २०८२ |  १६:०६:३३                                                                
                              
चितवन, ०९ कार्तिक । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । शनिवार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–१४ हाडेगाउँ घर भएकी महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ । मोटरसाइकल पछाडि सवार २३ वर्षीय मनदिप पराजुली घाइते भएका छन् ।
  
		 		  प्रकाशित मिति :    आइतबार, कार्तिक ०९, २०८२ |   
			 १६:०६:३३                                
                                 793                                
                                
                                 
                                
       
						  
					
    



























