रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते
  प्रकाशित मिति:  बुधबार, कार्तिक १२, २०८२ |  १६:४२:४३                                                                
                              
चितवन ,१२ कार्तिक । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०:३० बजे अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो।
दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको पुष्टि भएको छ। मृतकहरूमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्। तीनै जनाको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
  
		 		  प्रकाशित मिति :    बुधबार, कार्तिक १२, २०८२ |   
			 १६:४२:४३                                
                                 859                                
                                
                                 
                                
       
						  
					
    



























