संवादहीनता अन्त्य गर्दै सहकार्यको वातावरण बनेको छ : प्रधानमन्त्री कार्की
प्रकाशित मिति: बिहिबार, कार्तिक १३, २०८२ | ८:४७:३९
चितवन, १३ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दलहरू र जेनजी आन्दोलनबीच बुधबार सम्पन्न त्रिपक्षीय संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा सृजना गरेको बताएकी छिन्।
बालुवाटारमा सम्पन्न बैठकपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले देशमा देखिएका चुनौतीहरू सबैका साझा हुने भएकाले समाधान पनि सहकार्य, निरन्तर संवाद र सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गरिन्। संवादहीन अवस्थाको अन्त्य गर्दै परस्पर विश्वास र सहकार्यको माहोल बन्नु नै आजको संवादको प्रमुख उपलब्धि भएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले भनेकी छिन्, “सरकार, राजनीतिक दलहरू र जेनजी प्रतिनिधिहरूबीच आज भएको वार्ताले नयाँ विश्वास र सकारात्मक ऊर्जा दिएको छ। नयाँ पुस्ता, राजनीतिक दल र सरकार—सबैको साझा उद्देश्य निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु नै हो।”
प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०८२ |
८:४७:३९
4687



















