मधेसमा मन्त्री नियुक्त विच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन
प्रकाशित मिति: सोमबार, कार्तिक २४, २०८२ | १२:२०:४३
चितवन, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मधेश प्रदेश सरकारमा सहभागी भएकी आफ्नै पार्टीकी मन्त्री कन्चन बिच्छालाई फिर्ता बोलाएको छ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान राप्रपाकी बिच्छालाई मन्त्रीमा नियुक्त गरेका थिए।
तर, नियुक्त भएको केही समयमा नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई तत्काल फिर्ता हुन निर्देशन दिएका हुन्।
अध्यक्ष लिङ्देनले उक्त सहभागिता पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको बताएका छन्। उनले भने, “मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिइन्छ, अन्यथा विधानबमोजिम कारबाही गरिनेछ।”
प्रकाशित मिति : सोमबार, कार्तिक २४, २०८२ |
१२:२०:४३
529
























