नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा, यात्रु खुसी र सरकारको सराहना
चितवन, २४ कार्तिक । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेसँगै यात्रुहरूमा खुसीको माहोल छाएको छ। यात्रुहरू र बस व्यवसायीहरूले सरकारको यस पहललाई सराहना गर्दै यो सेवाले यात्रुहरूको जीवन थप सहज बनाउने बताएका छन्।
गुल्मीका चन्द्र केसीका अनुसार मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट जडान हुनु जनताको मन जित्ने काम हो। उनका अनुसार यस्तो सेवा अब उपत्यकाबाहिरका सहरहरूमा पनि विस्तार गर्नुपर्छ।
दाङका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा निःशुल्क इन्टरनेट सेवा पाउँदा निकै खुसी भएका छन्। उनका अनुसार यो सेवा गाउँ–गाउँसम्म पुग्नुपर्ने हो। बसपार्कका काउन्टर कर्मचारी बच्चुराम भट्टले भने, “प्रविधिको युगमा सरकारले यात्रुका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराएर राम्रो काम गरेको छ।”
धादिङका दीपक ढकालले निःशुल्क इन्टरनेट सेवा काठमाडौँभित्रका अन्य सार्वजनिक स्थानहरूमा पनि विस्तार गर्न सुझाव दिएका छन्। बस व्यवसायी राकेश भट्टले भने सेवाको निरन्तरता नै यसको सफलता हुने बताए।
गत असोज ६ गते मन्त्री बनेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पहिलो निर्णयमा राजधानीका प्रमुख सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने घोषणा गरेका थिए। सोही निर्णयअनुसार कात्तिक १९ गते नयाँबसपार्कमा भायोनेटको सहकार्यमा सेवा सुरु गरिएको हो।
यस इन्टरनेट सेवा अन्तर्गत प्रयोगकर्ताले एक पटकमा ९० मिनेटसम्म निःशुल्क वाइफाइ चलाउन सक्नेछन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार यो सेवाले यात्रुलाई बस टिकट लिनदेखि सूचना प्राप्त गर्नसम्म सहज बनाउनेछ।
नयाँबसपार्कबाट दैनिक ७०० देखि ८०० सवारीसाधन सञ्चालन हुन्छन्, जसमा ठूला बस, माइक्रोबस र स्थानीय बसहरू छन्। यहाँ दैनिक १२ देखि १५ हजार यात्रुको आवतजावत हुने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए।
सरकारले उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरेको छ, जसमा प्रमुख अस्पतालहरू, यातायात कार्यालयहरू, आर्यघाट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेका छन्।
लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सार्वजनिक स्थानमा इन्टरनेट सेवा अनिवार्य भएको भन्दै यसको पहुँच अझ बढाउनुपर्ने बताए। मन्त्रालयका सचिव राधिका अर्यालले सेवाग्राहीको सन्तुष्टिलाई आधार मानेर इन्टरनेट क्षमताको विस्तार गरिने जनाइन्।
सञ्चारमन्त्री खरेलले राजधानीमा सेवा सुरु भएपछि दुर्गम जिल्लासम्म विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै भने, “दार्चुलादेखि मनाङसम्म इन्टरनेट सेवा पुगेको छ। अब सोलुखुम्बु, रौतहट, म्याग्दी लगायतका ठाउँमा विस्तार गर्न सरकार प्राथमिकताका साथ काम गरिरहेको छ।”
उनका अनुसार राजधानीमा सफल परीक्षणपछि सातै प्रदेशका राजधानीहरूमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने सरकारको योजना छ। मन्त्री खरेलले भने, “गाउँदेखि सहर, सुगमदेखि दुर्गम—सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने हाम्रो लक्ष्य हो।”
सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेसँगै यात्रुहरूमा खुसीको माहोल छाएको छ। यात्रुहरू र बस व्यवसायीहरूले सरकारको यस पहललाई सराहना गर्दै यो सेवाले यात्रुहरूको जीवन थप सहज बनाउने बताएका छन्।