आज दल दर्ता प्रमाणपत्र बुझ्ने अन्तिम दिन, आधिकारिक दलको संख्या १२६ पुगेको आयोगको जानकारी
प्रकाशित मिति: आइतबार, कार्तिक ३०, २०८२ | ८:५०:४३
चितवन, ३० कार्तिक । दल दर्ताको प्रमाणपत्र लिनुपर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले तय गरेको समयसीमा आज साँझ कार्यालय समयपछि समाप्त हुँदैछ। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतिक दल दर्ताको आह्वान गरेको थियो।
यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन्। केही दलहरूले प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने प्रक्रियामा रहेका दलहरूले आजै प्रमाणपत्र लिनेछन्। आयोगका अनुसार हालसम्म आधिकारिकता पाउन सफल दलको संख्या १२६ पुगेको छ, र अन्तिम संख्या आजै टुंगो लाग्नेछ।
त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता मंसिर १ देखि १० गतेसम्म खोलिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक ३०, २०८२ |
८:५०:४३
441



















