सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: शुक्रबार, मंसिर ०५, २०८२ | ११:३४:२२
चितवन, ०५ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य घटबढको प्रभाव नेपालको स्थानीय बजारमा पनि परिरहेको छ। बिहीबारको तुलनामा आज देशभर सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले घटेको छ।
आज एक तोला सुनको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, आज विश्व बजारमा एक औँस सुन ४,०६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०५, २०८२ |
११:३४:२२
155






















