प्लास्टिक उद्योगमा आगलागी
प्रकाशित मिति: मंगलबार, मंसिर ०९, २०८२ | १५:३८:५०
चितवन, ०९ मंसिर । विराटनगर महानगरपालिका– ७ मा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । प्रहरीका अनुसार आज बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो । प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट करिब सवा ९ बजेबाट सुरु भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको थियो ।
आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको २ वटासहित दुहबी, सुन्दरहरैचा, बेलबारी नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०९, २०८२ |
१५:३८:५०
991



















