राष्ट्रपति पौडेलसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ | १५:५१:१०
चितवन, २१ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित एक समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था अनुसार आयोगले उक्त प्रतिवेदन पेश गरेको हो।
प्रकाशित मिति : आइतबार, मंसिर २१, २०८२ |
१५:५१:१०
3367



















