डा. सुनिल शर्मा मोरङ-३ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ | १३:३२:२०
चितवन, २२ मंसिर । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनको लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्।
क्षेत्रीय समितिको बैठकले डा. शर्मा को एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि, उनी नेपाली कांग्रेसका उम्मेदवारको रूपमा सिफारिस हुने नेपालभरका नेताहरूमा पहिलो बनेका हुन्।
कांग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्म उम्मेदवारको नाम सिफारिस गर्नका लागि सर्कुलर जारी गरेको थियो, तर मोरङ-३ मा अन्य कुनै नेताले उम्मेदवारीको दाबी गरेनन्।
प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ |
१३:३२:२०
6117



















