“नेपाली कम्युनिस्ट पार्टीले पुस ५ मा काठमाडौँमा एकता सन्देश सभा गर्ने निर्णय
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ | १४:२५:४५
चितवन, २२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ।
आज केन्द्रीय कार्यालय पेरिस डाँडामा भएको प्रदेश कार्यालयको बैठकले तीन प्रदेशको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा सन्देश सभा गर्ने निर्णय गरेको हो।
यसअघि मङ्सिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो।
प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ |
१४:२५:४५
2509



















