सरकार र दुर्गा प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता, २७ बुँदे मागमा छलफल
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ | १८:२२:३३
चितवन, २२ मंसिर । सरकार र दुर्गा प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता चलिरहेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक सुरक्षा महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग २७ बुँदे मागका मुख्य बुँदाहरूको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल कार्की सँग छलफल गरिरहेका छन्।
यस वार्तामा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी छन् भने प्रसाईं पक्षबाट १९ जना प्रतिनिधिहरू उपस्थित छन्।
केही दिनअघि प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्तामा सहभागी हुन आह्वान गरेको थियो।
प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ |
१८:२२:३३
3631



















