एमाले सचिवालय बैठक आज बस्दै: प्रमुख एजेण्डामा महाधिवेशन तयारी र संरचनागत सुधार
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ | १०:३४:२१
चितवन, २६ मंसिर । नेकपा (एमाले)को सचिवालय बैठक आज आयोजना हुँदैछ।
यो बैठक दिउँसो १ बजे पार्टीको च्यासल स्थित कार्यालयमा हुनेछ। बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, पदाधिकारी र केन्द्रीय कमिटीको सदस्य संख्या बढाउने लगायतका महत्त्वपूर्ण विषयहरूमा छलफल हुने जनाइएको छ।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि आरम्भ हुँदैछ, र त्यसअगाडि सचिवालय बैठक आयोजना गरिएको हो।
प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०८२ |
१०:३४:२१
4621



















