नवनियुक्त वनमन्त्री माधव चौलागाईंले सम्हाले पदभार
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ | १९:५३:०५
चितवन, २६ मंसिर । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले पदभार सम्हालेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका चौलागाईंले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
पदभार ग्रहणपछि मन्त्री चौलागाईंले सरकारको ‘जेनजी आन्दोलन’लाई संस्थागत गरेको कुरा उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए।
उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको बताए।
प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०८२ |
१९:५३:०५
4533



















