राष्ट्रपति समक्ष सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ | १७:४४:०९
चितवन, २८ मंसिर । राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ।
प्रधानमन्त्री र परिषद्का अध्यक्ष, सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्।
राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिन्।
प्रकाशित मिति : आइतबार, मंसिर २८, २०८२ |
१७:४४:०९
5281



















