सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, पौष ०१, २०८२ | १५:४२:३५
चितवन, ०१ पुष । गएको राती चन्द्रागिरि नगरपालिका–१२ स्थित सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।
प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका आयुष महर्जनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको उपचार अबको समयसम्म सोही अस्पतालमा भइरहेको छ।
प्रकाशित मिति : मंगलबार, पौष ०१, २०८२ |
१५:४२:३५
2751






















