रवि लामिछाने उच्च अदालतको आदेशपछि आज रिहा, कागजात प्रक्रिया पूरा गर्न भैरहवा पुग्ने
प्रकाशित मिति: शुक्रबार, पौष ०४, २०८२ | १०:०१:२४
चितवन, ०४ पुष । सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज अर्थात् शुक्रबार उच्च अदालत बुटवलको आदेशअनुसार रिहा हुने भएका छन्। लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको थियो र उनले जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त गरेपछि मात्र छुट्नेछन्।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार गर्दै लामिछानेलाई रिहा गर्ने आदेश दिएको हो। अब लामिछानेलाई भैरहवा पुगेर कागजातको प्रक्रिया पुरा गर्नुपर्ने छ।
प्रकाशित मिति : शुक्रबार, पौष ०४, २०८२ |
१०:०१:२४
4709




















