पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
प्रकाशित मिति: शुक्रबार, पौष ०४, २०८२ | १४:३३:२२
चितवन, ०४ पुष । उच्च अदालत पाटनमा शुक्रबार एक युवतीले आत्महत्याको प्रयास गरेको समाचार प्राप्त भएको छ। अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि युवतीले यो कदम उठाएको बताइएको छ।
अधिवक्ता दिनेश लामिछानेका अनुसार, युवतीलाई आत्महत्याको प्रयास गरिरहँदा प्रहरीद्वारा उद्धार गरिएको छ। अहिले युवतीको उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, पौष ०४, २०८२ |
१४:३३:२२
4775
















