देउवाले उपसभापति र महामन्त्रीलाई महाधिवेशनको छलफलका लागि बोलाए
प्रकाशित मिति: शुक्रबार, पौष ०४, २०८२ | १९:०४:५०
चितवन, ०४ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार प्रमुख नेतालाई छलफलका लागि बोलाएका छन्।
भोली बिहान ९ बजे बैठक बस्ने गरी देउवाले उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा सहभागी हुन बोलाएका हुन्। बैठकमा महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिको विषयमा र अन्य महत्वपूर्ण विषयहरूमा छलफल गरिनेछ।
कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ र यसका लागि कार्यतालिका पनि प्रस्तुत गरेको छ।
प्रकाशित मिति : शुक्रबार, पौष ०४, २०८२ |
१९:०४:५०
4511



















