डा. बाबुराम भट्टराईको अर्थपूर्ण भारत भ्रमण
प्रकाशित मिति: आइतबार, पौष ०६, २०८२ | ९:३५:०२
चितवन, ०६ पुष । र्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन्। जेनजी आन्दोलनपछि भारत जाने उच्च नेताको रूपमा उनकाे भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चुनावमा सहभागी नभएर प्रधानमन्त्री बन्ने सम्भावनाबारे नेपालमा चर्चाहरू भइरहेका बीच भट्टराईको यो भारत भ्रमणलाई विशेष ध्यान दिइएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी गठन पछि यो उनकाे पहिलो औपचारिक भारत भ्रमण हो।
भारत बसाइको दौरान, उनले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रमुख प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन्।
स्वकीय सचिव रेखी गुरुङद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको अनुसार, भट्टराईले आईआईटी बम्बेमा आयोजित टेक फेस्टमा र नयाँ दिल्लीमा रहेको इन्डिया इन्टरनेशनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन्। पुस ९ गते उनी नेपाल फर्कने तालिका राखेका छन्।
प्रकाशित मिति : आइतबार, पौष ०६, २०८२ |
९:३५:०२
4775




















