परम्परा र संस्कृति बिर्सनु हुँदैन: प्रधानमन्त्री कार्की
चितवन, ०६ पुष । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली परम्परा र संस्कृति संरक्षणको महत्त्वलाई जोड दिँदै भन्नुभएको छ कि हामीले हाम्रो मौलिक परम्परा र पहिचानलाई कहिल्यै बिर्सनु हुँदैन। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का प्रतिनिधिहरूसँगको भेटमा उनले संस्कृतिमा रहेका केही हानिकारक प्रथाहरू हटाउनु पर्ने भए पनि आफ्नो मौलिक वेशभूषा र परम्परालाई जोगाउनको महत्त्वमा जोड दिइन्।
परिषद्का प्रतिनिधि गुरुङ संस्कृतिअनुसारको परम्परागत वेशभूषामा उपस्थित भएका थिए, जसको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा हप्तामा एक दिन परम्परागत पोशाक लगाउने कुरा उपयुक्त हुने धारणा व्यक्त गरिन्। उनले भनिन्, “आजकाल केही समाज आफ्नो पहिचानको खोजी गर्दैछन् र आधुनिकताको नाममा आफ्नो मौलिकता हराउँदै गएको छ। यसरी हामी नेपालीसँग आफ्नोपन र विविध संस्कृति छ जसलाई जोगाउनुपर्ने हो। हामीलाई हाम्रो परम्परा र पहिचान सम्झनु आवश्यक छ।”
प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था बनाउनको लागि सोच्नुपर्ने कुरा पनि उठाइन्। परिषदका महासचिव राजु गुरुङले आगामी पुस १५ गते तमु ल्होसारको अवसरमा प्रधानमन्त्री कार्कीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने कुरा जानकारी दिए।




















