चिनियाँ राजदूत सोङले राष्ट्रियसभा अध्यक्ष दाहालसँग बिदाइ भेट गरे
चितवन, ०६ पुष । नेपालमा कार्यकाल पूरा गरेर फर्किन लागेका चिनियाँ राजदूत छन सोङले आइतबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग सिंहदरबारस्थित कार्यकक्षमा बिदाइ भेट गरेका छन्।
भेटका क्रममा, अध्यक्ष दाहालले सोङको कार्यकालमा नेपाल-चीन सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिका को प्रशंसा गर्दै भने, “तपाईंले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन महत्वपूर्ण भूमिका निभाउनुभएको छ। जहाँ पनि हुनुहुन्छ, हामी तपाईंलाई असल मित्रको रूपमा सम्झिनेछौँ।”
सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औं वर्ष पुरा हुने अवसरमा, दाहालले विभिन्न कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएको र दुई देशबीच कूटनीतिक मात्र नभई जनताबीचको सम्बन्ध पनि प्रगाढ भएको उल्लेख गरे। उनले संसदीय अनुभव आदानप्रदानलाई पनि बढावा दिनुपर्ने कुरा पनि जोड दिए।
राजदूत सोङले आफ्नो कार्यकालमा सहयोग र सहकार्यको लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै, चीन र नेपाल सधैं एकअर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग बुझ्ने मित्र रहेको बताए। उनले आगामी फागुनमा हुने निर्वाचनमा चीनले आवश्यक सहयोग प्रदान गर्ने तयारीमा रहेको पनि जानकारी दिए।




















