महाधिवेशन बिना कांग्रेस चुनावमा नजाने : गगन थापा
चितवन, ०७ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन सम्पन्न नगरी कांग्रेस चुनावमा नजाने बताएका छन्। सोमबार काठमाडौं-४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टीको महाधिवेशन सम्पन्न गरेर मात्र २१ फागुनको निर्वाचनमा सहभागी हुने बताएका हुन्।
थापाले सार्वजनिक भएको वडा अधिवेशनका बारेमा केही समयको लागि तलमाथि हुनसक्ने कुरा भने पनि त्यो अधिवेशन रोकिने छैन भनेका छन्। उनले थपे, “अधिवेशनपछि मात्र पार्टी चुनावमा जानेछ। फागुन २१ गतेको चुनाव अनिवार्य छ।”
उनका अनुसार, यदि महाधिवेशन बिना चुनावमा जान सकिँदैन। उनले भने, “वडाको अधिवेशनको तय गरिएको मितिमा एक-दुई दिन तलमाथि हुन सक्छ, तर अधिवेशन अनिवार्य रूपमा हुनेछ। महाधिवेशन नियमित रूपमा वा विशेष महाधिवेशनको रूपमा हुनसक्छ, तर अधिवेशन भने हुनेछ। फागुन २१ गते चुनाव हुनु अनिवार्य छ, यसका लागि संविधानको ट्रयाकमा फर्कन आवश्यक छ।”




















