निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
प्रकाशित मिति: सोमबार, पौष ०७, २०८२ | ११:१८:००
चितवन, ०७ पुष । निर्वाचन आयोग आज प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछ।
यो छलफलको उद्देश्य निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरूको विचार र सुझावहरू लिनु हो।
दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल हुने तय भएको छ।
प्रधानमन्त्रीको उपस्थितिमा निर्वाचन आयुक्त, राजनीतिक दल र निर्वाचनसँग सम्बन्धित नागरिक समाजका प्रतिनिधिहरूसँग पनि छलफल हुनेछ। आयोगले दलहरूको धारणा बुझ्न र उनीहरूको सुझाव प्राप्त गर्न यस छलफलको आयोजना गरेको हो।
प्रकाशित मिति : सोमबार, पौष ०७, २०८२ |
११:१८:००
3763




















