बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि लामिछाने
प्रकाशित मिति: बिहिबार, पौष १०, २०८२ | १७:१०:३५
चितवन, १० पुष । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता सकिएको छ।
आज दिउँसो दुवै नेता बीच ‘वान टू वान’ छलफल भएको थियो। छलफलपछि, लामिछाने बाहिर निस्किए र पत्रकारहरूले कुराकानीको विषयमा सोधेका थिए। लामिछानेले जवाफमा ‘मेरो अनुहारले के भन्छ?’ भन्दै प्रतिप्रश्न गरे, र अन्य प्रश्नहरूको उत्तर भने उनले दिएनन्।
प्रकाशित मिति : बिहिबार, पौष १०, २०८२ |
१७:१०:३५
45
























