त्रिविका १६ हजार विद्यार्थी दीक्षित: ५१औं दीक्षान्त समारोह सम्पन्न
प्रकाशित मिति: बिहिबार, पौष १०, २०८२ | १७:१५:१७
चितवन, १० पुष । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा आज १६,३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्की र शैक्षिक क्षेत्रका अग्रजहरूले विद्यार्थीलाई दीक्षान्त प्रदान गरेका हुन्।
यस वर्ष विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसम्म ८९,१०१ विद्यार्थी उत्तीर्ण भएका छन्। समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा उपस्थित छन्।
कार्यक्रममा सहकुलपति र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति रहेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालयका सुधारका प्रयासहरूलाई प्रकट गर्दै दीक्षित विद्यार्थीलाई बधाई दिए।
प्रकाशित मिति : बिहिबार, पौष १०, २०८२ |
१७:१५:१७
309

























