श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन : मेयर हर्क साम्पाङ
प्रकाशित मिति: आइतबार, पौष १३, २०८२ | १५:४४:३१
चितवन, १३ पुष । श्रम संस्कृति पार्टीका अध्यक्ष र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले भने, “हाम्रो पार्टी मिसावटको राजनीति नगर्नेछ।” चुनावी माहोलका बीचमा विभिन्न व्यक्तिहरूले अनेक किसिमका कुरा गरिरहेका छन्, तर आफ्नो पार्टीले कसैसँग पनि मिल्ने छैन भनेर स्पष्ट पारे। उनले थपे, “श्रम संस्कृति पार्टीले मिसावट बिना, साँचो र माटोको राजनीति गर्नेछ। यो देशको वास्तविक ढुंगाको र माटोको राजनीति हो।”
प्रकाशित मिति : आइतबार, पौष १३, २०८२ |
१५:४४:३१
5457



















