राप्रपा अध्यक्ष लिङ्देन: फागुन २१ को चुनावमा सक्रिय सहभागिता जनाउने
चितवन, १३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा हुने संसदीय निर्वाचनमा पार्टीको सक्रिय सहभागिता रहने बताएका छन्।
आज विराटनगरमा आयोजित राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टी प्रजातान्त्रिक भएकाले निर्वाचनमा सहभागी हुने बताउँदै, राप्रपा हिन्दू राष्ट्रको रक्षा गर्ने एक मात्र पार्टी भएको उल्लेख गरे। उनले कार्यकर्ताहरूलाई पार्टीको एजेन्डा जनतासम्म पुगाउन सक्रिय रहनुपर्नेमा जोड दिए।
अध्यक्ष लिङ्देनले भने, “जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु हो, निर्वाचन होइन।” उनले जेनजी पुस्तासहित सबै राजनीतिक शक्तिहरूसँग गोलमेच सम्मेलन आयोजना गरेर आगामी चुनावमा उठेका मुद्दा समाधान गर्न आग्रह गरे।
अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष गोपाल कट्वाल, महामन्त्रीद्वय धवलशम्शेर राणा र राजेन्द्र गुरुङ, रामकुमार सुब्बालगायतले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी बनाउन कार्यकर्तालाई जनताको घरदैलोमा जाने आग्रह गरेका छन्। यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ।



















