झापामा जङ्गली हात्ती मृत फेला, घटनामा अनुसन्धान सुरु
प्रकाशित मिति: मंगलबार, पौष २२, २०८२ | १२:४६:२४
चितवन, २२ पुष । झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित डाँडागाउँमा एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।
डाँडागाउँका स्थानीय लालबहादुर रसाइलीको खेतमा आज बिहान उक्त जङ्गली भाले हात्ती मृत भेटिएको हो, जसको जानकारी जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले दिएका छन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले सुरक्षा व्यवस्था गरेको छ, र डिभिजन वन कार्यालय झापाको टोली मुचुल्का तयारी गर्दै घटनास्थलमा पुगेको छ। अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : मंगलबार, पौष २२, २०८२ |
१२:४६:२४
5281


















