काठमाडौंका मेयर बालेनले दिए राजीनामा
प्रकाशित मिति: आइतबार, माघ ०४, २०८२ | १७:१६:५६
चितवन, ०४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।
उपप्रमुख सुनिता डंगाेलसमक्ष उनले आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको प्रमुख शाहको सचिवालयले जनाएको छ ।
स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन् ।
प्रकाशित मिति : आइतबार, माघ ०४, २०८२ |
१७:१६:५६
4115



















