यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रकाशित मिति: बिहिबार, माघ ०८, २०८२ | ११:४४:०६
चितवन, ०८ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यस पटक ५ लाख १७ हजार विद्यार्थीले एसईईका लागि परीक्षा फाराम भरेका छन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कारण बोर्डले यस वर्ष एसईई परीक्षा केही दिन पछाडि सारेको हो। सामान्यतया बोर्डले एसईई परीक्षा चैतको पहिलो सातामै सञ्चालन गर्दै आएको थियो।
निर्वाचनका लागि मतपत्र र परीक्षाका प्रश्नपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रबाटै छपाइ हुने भएकाले तालिकामा परिमार्जन गर्नुपरेको बोर्डले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, माघ ०८, २०८२ |
११:४४:०६
2069


















