राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ गते जापान भ्रमणमा जाने
प्रकाशित मिति: बिहिबार, माघ १५, २०८२ | १८:२०:३६
चितवन, १५ माघ । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते आइतबार जापान भ्रमणमा प्रस्थान गर्ने हुनुहुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको जापान भ्रमण स्वीकृत गरेको हो ।
गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल माघ १८ गतेदेखि २१ गतेसम्म जापान भ्रमणमा रहनेछ ।
उक्त भ्रमणले नेपाल–जापानबीचको आपसी सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
यसै मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीको सेवा सुविधासम्बन्धी निर्णयसमेत गरेको छ । बैठकले प्रहरीको रासन भत्ता वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ १५, २०८२ |
१८:२०:३६
45


























