मन्त्रीले राजीनामा दिएर चुनाव लड्नु बेइमानी होइन : प्रधानमन्त्री सुशीला कार्की
प्रकाशित मिति: सोमबार, माघ १९, २०८२ | १७:५४:२५
चितवन, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अन्तरिम सरकार कुनै पनि राजनीतिक दलको प्रभावमा नरहेको प्रष्ट पार्नुभएको छ।
राष्ट्रिय सभामा लामो सम्बोधन गर्दै उहाँले मन्त्रीहरूले पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागी हुनु लोकतान्त्रिक अधिकार भएको बताउनुभयो।
जेनजी आन्दोलनको पृष्ठभूमिमा गठन भएको सरकारले संविधानिक व्यवस्था पुनःस्थापना, सुशासन र निष्पक्ष निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। उहाँले भ्रष्टाचार न्यूनीकरण, मितव्ययिता र संस्थागत सुधारका दिशामा सरकारले आधार तयार गरिसकेको दाबी गर्नुभयो।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई नयाँ राजनीतिक संस्कृतिको सुरुआतका रूपमा लिन आग्रह गर्दै सबै पक्षलाई निर्वाचन आचारसंहिता पालना गर्न अपिल गर्नुभयो।
प्रकाशित मिति : सोमबार, माघ १९, २०८२ |
१७:५४:२५
111

























