प्रधानमन्त्री कार्कीको आह्वान: युवाले अनुभव बाँड्दै भावी पुस्ताका मार्गदर्शक बन्नुपर्छ
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२ | १४:१९:०२
चितवन, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफूले आर्जन गरेको अनुभव र सिकाइ नयाँ पुस्तासँग बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।
नवलपुरको हात्तीखोरमा आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले तालिमबाट प्राप्त अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री कार्कीले विपद् तथा संकटका समयमा युवाहरू अग्रपंक्तिमा उभिएर समाजको भरोसा बन्नुपर्ने उल्लेख गर्नुभयो। साथै, युवाको चौतर्फी विकासलाई सरकारको प्राथमिकतामा राख्दै राष्ट्रिय सेवा दलको तालिम आगामी दिनमा अझ विस्तार गरिने जानकारी दिनुभयो।
प्रकाशित मिति : मंगलबार, माघ २०, २०८२ |
१४:१९:०२
3939




















