फागुन २१ को निर्वाचनका लागि कांग्रेसद्वारा जिल्लामा प्रतिनिधि खटाइयो
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२ | १७:५९:४७
चितवन, २० माघ । नेपाली कांग्रेसले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाहरूमा प्रतिनिधि पठाएको छ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशअनुसार नेताहरूलाई जिम्मेवारी दिएको हो।
जिम्मेवारी पाएका नेताहरू एक महिनासम्म सम्बन्धित जिल्लामा बसेर निर्वाचन गतिविधिमा सक्रिय रहने कांग्रेसले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, माघ २०, २०८२ |
१७:५९:४७
3411




















