विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०७, २०८२ | १८:३९:३०
चितवन, ०७ फाल्गुण। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले निर्वाचन अवधिमा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा अघि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ ।
बैठकमा मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०७, २०८२ |
१८:३९:३०
243





















