रुसको मस्कोमा हुने नेसन्स कप कराते प्रतियोगितामा नेपाली टोलीको चुनौती
प्रकाशित मिति: मंगलबार, फाल्गुण १२, २०८२ | १८:२८:३७
चितवन, १२ फाल्गुण। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ ।
फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितमा चार पुरुष र एक महिला खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् ।
पुरुष ७० किलोमा सनीसिंह सुनार, ७५ किलोमा सागर विष्ट, ८० किलोमा मुकेशकुमार चन्द र ३० किलोमा ब्रिनिश महर्जनले खेल्नेछन् ।
महिला ५५ किलोमा बबिता कार्कीले प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका ब्रान्च चिफसमेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १२, २०८२ |
१८:२८:३७
1497






















