नेप्से १०.३० अंकले उकालो, अधिकांश समूह हरियाली
प्रकाशित मिति: बुधबार, फाल्गुण १३, २०८२ | १७:३५:००
चितवन, १३ फाल्गुण। कारोबारको चौथो दिन सेयर बजार हरियालीमा देखिएको छ ।
नेप्से परिसूचक १० दशमलव ३० अंकले उकालो लाग्दै दुई हजार ६४८ दशमलव ९० विन्दुमा पुगेको हो ।
आज ४८ हजारभन्दा बढी पटकको कारोबारबाट चार अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
अधिकांश समूहका उपसूचक बढ्दा बजार समग्रमा सकारात्मक देखिएको छ ।
कारोबार रकम र कित्ताका आधारमा आँखुखोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । बजारमा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १३, २०८२ |
१७:३५:००
1475























