कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारीसाधन नियन्त्रणमा
प्रकाशित मिति: बिहिबार, जेठ २१, २०८३ | १४:४४:२५
चितवन, २१ जेठ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार कास्कीदेखि मुस्ताङसम्मको सडक खण्डमा जाँच गर्दै बुधबार रातिदेखि बिहीबार बिहानसम्मको अवधिमा ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।
बजेटमा विद्युतीय सवारीसाधनमा कर दर परिवर्तन हुने सूचना लिक भएपछि बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै कोरला नाकाबाट भित्र्याइएका गाडी विभिन्न जिल्लातर्फ लैजान लागिएको अवस्थामा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ।
सशस्त्र प्रहरीको टोलीलाई रातभर कोरला नाका हुँदै आउने सडक खण्डमा चेकिङमा खटाइएको थियो। नियन्त्रणमा लिइएका अधिकांश सवारीसाधन नम्बर प्लेट नभएका रहेका छन्।
प्रकाशित मिति : बिहिबार, जेठ २१, २०८३ |
१४:४४:२५
397



























