छात्रवृत्ति नदिने विद्यालयमाथि कारबाही गर्न मन्त्रालयको निर्देशन
प्रकाशित मिति: सोमबार, चैत्र ३०, २०८२ | १८:५३:५७
चितवन, ३० चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमअनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयमाथि कानुनबमोजिम कारबाही गर्न स्थानीय तहहरूलाई समन्वय र सहजिकरण गर्न अनुरोध गरेको छ।
मन्त्रालयले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन तथा नियमावलीअनुसार निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराए/नगरेको विवरण अद्यावधिक भए/नभएकोबारे अनुगमन गर्न आग्रह गरेको हो।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार निजी लगानीका विद्यालय तथा सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूले तोकिएको अनुपातमा विद्यार्थीलाई निःशुल्क शिक्षा दिन स्थान आरक्षण गर्नुपर्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति : सोमबार, चैत्र ३०, २०८२ |
१८:५३:५७
1761
















