कोरोना अपडेट: मृत्यु हुनेको संख्या २ लाख ५२ हजार नाघ्यो,करीब १२ लाख निको
प्रकाशित मिति: मंगलबार, बैशाख २३, २०७७ | ८:३२:५८
काठमाडौं, २३ बैसाख ।
विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण हालसम्म विश्वभर दुई लाख ५२ हजार ३ सय ९३ जनाको ज्यान गएको छ ।
३६ लाख ४५ हजार ३ सय २० संक्रमितमध्ये ११ लाख ९४ हजार ९ सय ४२ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ९ सय २१ जनाको ज्यान गएको छ । संक्रमितको संख्या १२ लाख १२ हजार ८ सय ३५ पुगेको छ ।
त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २५ हजार ४ सय २८ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४८ हजार ३ सय १ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ हजार ७९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ११ हजार ९ सय ३८ पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३, २०७७ |
८:३२:५८
3785



















